click here for more

Thursday, March 21, 2019

भारतबाट रेल किन्न सरकारले दियो थप ८५ करोड



७ चैत, काठमाडौं । सरकारले भारतबाट रेल किन्न रेल विभागलाई ८४ करोड ६५ लाख ६ सय रुपैयाँ दिएको छ । चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले जीटूजी (दुई देशबीचको सरकारबीच) प्रक्रियाबाट खरिद गर्न रेल विभागलाई रकम दिएको हो ।

भारतीय कम्पनी ‘कोन्कन रेलवे कर्पोरेउसन लिमटेड’ बाट दुई सेट डेमु (डिजल इलेक्ट्रिफाई मोडेल) ट्रेन खरिद गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

No comments:

Post a Comment