click here for more

Thursday, March 21, 2019

नयाँ वर्ष २०७६ सालको वार्षिक राशिफल


मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) –

मेष राशि हुनेहरूको लागि वर्ष सामान्यतया संघर्षप्रद देखिएको छ । वर्षको मध्यतिर भने केही सहज अनुभव गर्न पाइने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि आकस्मिक लाभको अवसरहरू पनि मिल्ने छन् । प्रतिस्पर्धा आदिमा सफलता मिल्नेछ । मुद्धामामिला जन्य पक्षमा विजयी भइनेछ ।

जन्मकालीन ग्रहहरू प्रतिकूल हुनेहरूको लागि भने उथलपुथलजन्य छ । जागिर अथवा कार्यरत क्षेत्र तथा खाइपाई आएको सेवासुविधामा अबरोध देखिएको छ । व्यवसाय उद्यम आदिको बारेमा अप्रत्यासित प्रस्तावहरू आउनसक्ने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुनसक्ने छ । दाजुभाइ एवं नातासम्बन्धमा अप्रत्यासित कष्ट तथा असमझदारी एवं वैमनस्यता हुने लक्षण छ, सावधानी अप्नाउनु होला । मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्नसक्ने देखिएको छ । पछि पर्दाफास हुनेर ईज्जतप्रतिष्ठामा आँच आउने कैफियतपूर्ण कार्यप्रति मन आकर्षित हुने तथा कुसंगत हुनजाने सम्भावना छ, निकै होशियारी अप्नाउनु होला । शुरुमा धार्मिक–आध्यात्मिक मार्ग अथवा गुरुजनप्रतिको आस्थामा ह्रास आउनसक्ने भएता पनि वर्षको मध्यतिरबाट घटेको आस्था बढ्ने छ भने केही धार्मिक कार्य संपादन गर्न भूमिका निर्वाह पनि गर्न पाइने छ ।

भलै संघर्षको बढी अनुभूति किन नहोस् स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्नेछ । फोक्सो, हात, घाँटी, घुँडा, पाचनक्रिया एवं लिभर, स्नायु तथा नशारोगसँग सम्बन्धित समस्या लाग्न वा बढ्नसक्ने संकेत छ । दम, उच्चरक्तचाप, मधुमेहलगायतका विमारी एवं महादशामा प्रतिकूल दशा चल्नेहरूले विशेष सावधानी अपनाउनु होला । यो वर्ष तपाईले माँ बगलामुखी, भैरवदेव र हनुमानदेवको साथै विद्यार्थीहरूले माँ सरस्वतीको वन्दना दर्शनभक्ति उपाशना गर्नु हितप्रद रहनेछ ।


वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) –

वृष राशि हुनेहरूको लागि यो वर्षको मध्यसम्म संघर्षको वाबजुत केही उपलब्धि हासिल गर्न सनिने छ । तथापि बढी ईच्छाएको काममा सफलता पाउन अल्लि कठिन छ । अपयशको पनि सामना गर्नुपर्ने देखिन्छ । व्यापारजन्य आय–आम्दानीको मात्रा केहीहद्सम्म बढ्नेछ । प्रतिकूल ग्रहको उपाय अप्नाउनाले राजनीति एवम् समाज सेवा र जागिर आदिमा साविकको भन्दा केही माथिल्लो भूमिका प्राप्त गर्नसकिने छ । केही अबरोधको बाबजुत अल्लिबढी मेहनत गर्नाले नयाँ पेशा–व्यवसाय तथा जागिर मिल्ने र पुरुषार्थ गर्न सकिने छ ।

विवाह योग्य युवायुवतीको लागि दाम्पत्यसम्बन्ध जोडिने छ । वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको ईच्छा पूर्ति हुने समय परेको छ ।भाद्र उपरान्त ग्रहको प्रतिकूलता बढ्नसक्ने आफ्नै र मान्यजनको स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने छ भने आफन्तिजन टाढिनसक्ने भएकोले आवश्यक सावधानी एवं निवारणका उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

अर्श (पाइल्स), पाचनक्रियाको समस्या, ग्रन्थी रोग, स्नायु तथा वातरोग, चोटपटक एवं घाऊखटिरा, ज्वरो जस्ता स्वास्थ्य समस्याको संकेत देखिएको छ । मधुमेह, उच्चरक्तचाप तथा हृदय रोग, दम आदिका दीर्घरोगीले विशेष सावधानी अप्नाउनु उचित हुनेछ । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल भई सन्तानदोष व्यहोर्न परिहेकाहरूको लागि सावधानी अप्नाउन पर्ने देखिएको छ । विशेष गरी गर्भवतीहरूले बढी ध्यान पुर्याउन जरुरी हुनेछ । अढैया शनिलगायतका प्रतिकूल ग्रहगोचरको दुष्प्रभाव कम गर्न महावीर पवनपुत्र हनुमान, भैरवदेव, माँ भगवती र वर्षान्तमा माँ बगलामुखी तथा विद्यार्थीले माँ सरस्वतीको सेवा श्रद्धाभक्ति एवं स्तुति गर्नाले ग्रहको दुस्प्रभाव कम गर्न मद्दत हुनेछ ।


मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह) –

मिथुन राशिको लागि यो वर्षको मध्यसम्म अल्लि बढी संघर्षप्रद गोचर रहेकोले स्वकर्मबाट विचलित नहुन संयम एवं सहनशक्ति र कर्मयोग बढाउनु उचित हुनेछ । जसले विभिन्न बाधा अड्चन एवं अपयशको बाबजुत आंशिक कार्यमा सफलता मिल्ने छ । महत्त्वाकांक्षी स्वभाव हुनेहरूलाई कम उपलब्धिले मानसिक उद्दिग्नता तथा उदासिनता बढ्न गइ आस्थाको धरोहरमा ह्रास आउने एवं किंकर्तव्य विमूढताको मनोविज्ञानले प्रसय पाउने हुनसक्ने छ । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई दाम्पत्यसम्बन्धमा ह्रास आउने तथा जीवनसाथीलाई कष्ट हुने सम्भावना छ । प्रेममा धोखा हुने तथा कपटी प्रेमको फन्दामा परिनसक्ने खतरा छ । कसैकसैलाई कुसंगत एवं सरुवा तथा गुप्तरोगको भय भएकोले आत्मसंयमको निकै जरुरी देखिन्छ । परिवारमा पनि रोगव्याधिले सताउनसक्ने छ ।

जन्मकालीन ग्रह अनुकुल हुनेहरूलाई भने आकस्मिक लाभ एवं उपलब्धि मिल्नेछ । वर्षको उत्तरार्धबाट ग्रहगोचरमा केही सुधार आउने र कामकार्य एवं परिस्थितिमा सहज हुनेछ । सकारात्मक चिन्तनले सद्कर्म बढाउन सकिनेछ । घर परिवार तथा आफन्तिबाट टाढिनेजन्य यात्रामा सफलता मिल्ने छ । व्यापार तथा व्यवसायबाट पनि केही लाभांश हातपार्न सकिने छ । शिरशूल, स्नायु तथा नशारोग, यौनरोग, गर्भाशय, मलाशय, ठूलोआन्द्रा, पौरुष ग्रन्थी, मिर्गौला, संक्रामक रोग र हार्मोनिक समस्या आदिको सम्भावनालाई नकार्न नसकिने हुनाले तत्सम्बन्धी विषयमा संयम र सजग हुनु जरुरी देखिन्छ ।।

यो वर्ष अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढाउँदै हनुमान–शनिमहाकाल, महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले माँ सरस्वती तथा सर्वसाधारण सबैले माँ वगलामुखी एवम् कुलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुति, काग–कुकुर सेवा र ब्रह्मज्ञानी गुरुजनको आर्शिवाद लिने जस्ता उपाय एवं व्रत अवलम्वन गर्नु हितकर हुने छ ।


कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) –

कर्कट राशि हुनेहरूको लागि यो वर्षको पूर्वार्धमा विशेष कामकार्यमा सफलता प्राप्त गर्नसकिने छ । व्यवसायिक उन्नति, अध्ययन सफल, घर–जग्गाको व्यवस्था आदि विशेष एवं महत्त्वपूर्ण कामकार्यहरू बन्ने छन् । उद्योगीको उद्योगधन्दा फस्टाउनेछ, नयाँ पेशाको थालनी हुनसक्ने छ । रोजगारीको प्रतिक्षामा बसेकाहरूको लागि वर्ष विशेष अनुकूल देखिएको छ, समयको सदुपयोग गर्नुहोला । राजनीति एवं समाज सेवामा पदीय हैसियत तथा जिम्मेवारी मिल्नेछ । जागिरमा पदोन्नति हुनेछ । खेलकुदकर्मीको लागि पनि वर्ष उपलब्धिमूलक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ ।

विवाह योग्य युवायुवतीको लागि विवाहबन्धन कसिने छ भने असमझदारी झेल्दै आएका दम्पति तथा प्रेमजोडी बीच सुधार आइ सम्बन्ध प्रगाढ बन्नेछ । सन्तान अभिलाषीलाई सन्तान प्राप्ति हुनेछ । सन्तानबाट सुख एवं सन्तोष मिल्नेछ । प्रतिस्पर्धा एवं न्यायिक क्षेत्रआदिमा सफलता र वीजय प्राप्त हुनेछ । घर परिवारमा विवाह व्रतबन्धादि धार्मिक आध्यातिमक अनुष्ठान आदि सम्पादन हुनसक्ने छ भने तीर्थाटनको पनि अवसर मिल्ने सम्भावना छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अनावश्यक रूपमा धनको फुर्ति एवं उन्माद बढ्नसक्ने छ भने आफूबाट गएको तथा दिएको चीज नफर्कने सम्भावना छ सरसापट्टी आदिमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । शिरशूल, ढाड–कम्मर, घुँडा–खुट्टा तथा हाडजोर्नी–नशा एवं ग्रन्थीसम्बन्धी समस्या हुनसक्ने गोचर परेको हुनाले स्वास्थ्य एवं आहार विहारमा ध्यान दिन जरुरी देखिएको छ । वर्षको उत्तरार्ध पछि प्रतिकूलता बढ्ने छ आवश्यक संयम अप्नाउनु बुद्धिमानी हुनेछ । यो राशि हुनेहरूले यो वर्ष भैरव उपाशना र भाद्रमास उपरान्त माँ बगलामुखीको साथमा हनुमानदेवको भक्तिदर्शन तथा व्रतादि एवं विद्वान गुरुजनबाट आर्शिवाद मार्गदर्शन ग्रहण आदि गर्नु शुभप्रद हुनेछ ।


सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे) –

सिंह राशिका व्यक्तिलाई यो वर्ष मध्यम खालको छ । वर्षको मध्यसम्म अपेक्षित कार्यमा सफलता तथा उपलब्धि पाउन संघर्ष देखिएको छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूलाई आकस्मिक लाभको संभावना भने सुरक्षित नै देखिन्छ । तर पछि ईज्जत तथा प्रतिष्ठामा आँच आउने खालको कैफियतयुक्त आर्जनतर्फ मन आकर्षित हुनसक्ने छ जसबाट बच्नु बुद्धिमानी हुनेछ ।

अध्ययन, बोलीवचन तथा जनव्यवहारमा ज्ञानोन्माद्–प्रमाद् बढ्नसक्ने भय छ । ग्रहले विषयान्तर गराउन तथा अध्ययनलाई अधुरो राख्न खोजिरहेकोले विद्यार्थीले विशेष ध्यान पुर्याउन जरुरी देखिन्छ । सैद्धान्तिक एवं नीतिगत विचलन आउने र मान्छेहरूको मुल्याङ्कनमा तपाईको कमजोरी फेला पर्नसक्ने सम्भावना छ ।

जन्म कालीन ग्रह प्रतिकूल हुनेलाई भएका कारोवार उल्टिन सक्नेछ । तान्त्रिक आदि गुप्त विद्याको अभिलाषा बढ्ने, भूमिगत एवम् जासुसि कर्ममा उद्यत हुने बुद्धि पलाउने सम्भावना देखिन्छ । जसबाट बचेकै राम्रो हुनेछ । पाचनक्रिया, कलेजो आदि पेटसँग सम्बन्धित र स्नायू तथा नशा रोगको सम्भावना छ । सन्तानकष्ट तथा सन्तानको पक्षबाट चिन्ता, असन्तोष, असमझदारी तथा खर्च एवं अपहेलित हुनपर्ने जस्ता विपरित प्रभावको ग्रहस्थिति देखिन्छ । गर्भावस्थामा रहनु भएकाहरूले विशेष ख्याल पुर्याउन जरुरी देखिन्छ । वर्षको मध्यतिरबाट भने स्थितिमा राम्रो सुधार आउने छ । केही महत्त्वपूर्ण कामकार्य सम्पन्न गर्नसकिने छ । पशुपालन, कृषिकर्मजन्य व्यवसाय, प्राविधिक क्षेत्रबाट भने फाइदा उठाउन सकिने छ । यो वर्ष तपाईले हनुमान चालिसा, भगवती स्तोत्र, भैरवस्तोत्र आदि पाठ, महाकालशनि, भैरवदेव, काली, छिन्नमस्ता आदि देवदेवीको दर्शन भक्ति एवं सात्त्विक पूजापाठ, व्रत आदि उपाशना अवलम्वन गर्नु बुद्धिमानी हुनेछ ।


कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो) –

कन्या राशि हुनेहरूको लागि यो वर्ष संघर्ष एवं उथलपुथलप्रद देखिएको छ । तरपनि सत् नछाड्ने र स्वकर्ममा रत् रहने तथा संयमपूर्वक बुद्धिले काम लिने कर्मयोगीहरूले संभावित खतिक्षतिलाई टार्न सकिनेछ । हिम्मत गिराउन पर्नेछैन । भलै ठूलो उपलब्धि नभएपनि सामाजिक कार्यहरूमा सक्रियता बढाउन सकिनेछ । व्यक्तिगत लाभ कम भएपनि अभियानमूलक लोकहितका कार्यमा भूमिका निभाउन सकिने छ । बढी महत्त्व दिइएको कार्यमा ढिलासुस्ति तथा बाधा अबरोध आउने नै छ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि चोटपटक–घाऊखटिरा जन्य रोग, दैविक विपत्ति, व्यवहारिक एवम् घरायसी समस्याहरूले दुःख दिनसक्ने भएकोले हरप्रकारको सावधानी अप्नाउनु आवश्यक देखिन्छ । जग्गा तथा घरघडेरीको किनबेच गर्न समय त्यति अनुकूल छैन, विश्वासघात–धोका हुने, फसिने तथा पछुतो हुने समय छ । सित्तिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ । कुलमा रोगको प्रकोप, मान्यजनकष्ट तथा वियोगसम्मको सम्भावना एवं आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिसँग असमझदारीको सामना गर्नुपर्ने हुनसक्ने छ । मुद्धामामिला पर्नसक्ने सम्मको ग्रहगोचर छ सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ ।

व्यापार–व्यवसायमा मन्दि महसूस हुनजाला, समाजसेवा, राजनीति, जागिर आदिमा आलोचना तथा अपयश नपर्ला भन्न सकिन्न । पशुचौपाया तथा कृषि आदिबाट पनि मनग्य लाभको अपेक्षा नराखेकै राम्रो होला । घरभन्दा पर तथा विदेश यात्रा आदिको लागिभने वर्ष अनुकूल रहनेछ । घरपरिवारमा दानपूण्य, विवाहव्रतबन्ध आदि माङ्गलिक कार्य हुनजाने छ । अध्ययनमा आइरहेको अड्चन कम भएर जानेछ । ज्ञानोन्माद् नगरी समयको सदुपयोग गरेको खण्डमा शुभ परिणाम हात पार्न सकिने छ । वर्षको उत्तरार्ध पछि तसै केही सुविस्ता महसूस हुनेछ । हनुमान–शनिमहाकाल एवम् भैरवदेव र माँ बगलामुखीको सात्त्विक तवरबाट स्तुति आराधना गर्नाले प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न मद्दत मिल्नेछ ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते) –

तुला राशिको लागि यो वर्ष अधिकांश पक्षमा एवं समय अनुकूल देखिएको छ । थातिरहेका कामहरू पूरा गर्न सकिने छ भने नयाँ र दीर्घकालिन कार्यको थालनी हुनसक्ने छ । गुमेको मान प्रतिष्ठा तथा पुरानो साख एवं विग्रिएको सम्बन्ध र उद्यमहरू पुनस्र्थापित र सुधार गर्न सकिनेछ । न्यायिक क्षेत्र सबल रहनेछ । तर, विशेष र महत्त्वपूर्ण मानेको तथा ठानेको काममा अन्तिममा अड्चन पर्नसक्छ, जसको ग्रह उपचार अप्नाउनु बुद्धिमानी हुनेछ ।

विवाहयोग्य युवायुवतीलाई वैवाहिक बन्धनमा बाँधिने सौभाग्य मिल्नेछ । विवाहितहरूको दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । कुटुम्बिक सम्बन्ध बढ्ने छ । रोजगारको अभिलाषीहरूलाई नोकरी मिल्ने समय छ । कर्मचारीहरूको पदोन्नति हुनेछ । विद्वान गुरुजनको आर्शिवाद तथा शिष्यत्त्व प्राप्त गर्नसकिने छ । बोलीवचन, प्रवचन, गायन, उद्घोष्ण, वाचन, शिक्षणजन्य वाकवृति हुनेहरूको लागि विशेष कीर्तिप्रद वर्ष रहेको छ, सदुपयोग गर्नुहोला । खेलकुद आदि प्रतिस्पर्धामा आंशिक विजय तथा सफलता मिल्नेछ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि हात खुट्टा एवं फोक्सो, घाँटी–छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ । थायराइड, प्रोष्ट्रड, लिभज–प्याङ्क्रियाज, मिर्गौला, गर्भाशय आदि ग्रन्थी सम्बन्धित रोगको सम्भावनालाई पनि ग्रहगोचरले लक्षित गरिरहेको छ । वर्षको अन्त्यतिर प्रतिकूलताको लक्षण प्रतित हुनसक्ने छ ख्याल पुर्याउनु होला । भैरवदेव एवं छिन्नमस्ता देवीको उपाशना तथा दर्शनभक्ति र इष्टदेवको साधना बढाउनु शुभकर हुनेछ । असहाय गरीब दीनदुःखलाई सेवासहयोग गर्नाले सम्भावित अनिष्टलाई कम गर्न मद्दत मिल्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु) –

वृश्चिक राशिको लागि यो वर्ष मध्यसम्म अलमले रहेपनि उत्तरार्ध उपलब्धिमूलक रहने छ । शुरुशुरुमा आफ्नो कामलाई भन्दा बाहिरी काममा बढी समय दिनुपर्ने छ । फजुलको यात्रा पनि अल्लि बढी नै हुने सम्भावना देखिन्छ । विद्वतता एवं आत्मप्रसंशाको मनोविज्ञानले डेरा जमाउनाले कतैकतै व्यवहारिकता निभाउन पर्ने ठाऊँमा चुकिनसक्ने छ ख्याल पुर्याउनु होला । अवसरको सदुपयोग गर्न सकेको खण्डमा भाद्र उपरान्त केही महत्त्वपूर्ण काममा सफलता प्राप्त गर्न सकिने छ । हिम्मत पनि नगिराउने र नविराउने सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्ला ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई भने वादविवाद, मुद्धामामिला, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति जस्ता प्रतिकूलता थोरधेर पर्ने नै छ । ससाना कार्यले अल्मल्याउँदा विशेष काममा समय दिन नसकिने, अधिक परिश्रमले थोरै उपलब्धिमा चित्त बुझाउन पर्ने, खानपान विपरित हुनसक्ने छ । विश्वासघाती चक्रब्यूह, कुलतीकुसंगतको भय पनि देखिन्छ । पछि पश्चाताप हुने काममा मनजाने जस्तो पनि नपर्ला भन्न सकिन्न । मानसिक उद्दिग्नता र निराशालाई हटाउन यथेष्ट धैर्यताको क्षमता बढाउनु नै बुद्धिमानी हुनेछ ।

शिर, नाककान घाँटी एवं छाती र दन्तरोग, अर्श (पाइल्स), ग्रन्थी (गाँठागुँठी) बढ्ने, वातव्याधि जस्ता स्वास्थ्य समस्याको सम्भावना देखिएको छ । उच्चरक्तचाप, मधुमेह, यक्ष्मा आदि दीर्घरोगी लगायत सम्बन्धितहरूले आहार विहार एवं नियमित औषधोपचारमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ । ग्रहानिष्ट एवम् तनावलाई समन गर्न तपाईले हनुमान तथा शनि महाकाल, भैरवदेव साथै माँ वगलामुखी र विद्यार्थीले विद्याकी देवी सरस्वतीको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)–

धनु राशिको लागि यो वर्ष अनुकूलताको तुलनामा प्रतिकूलता तथा संघर्षजन्य परिस्थितिसँग बढी जुध्नुपर्ने छ । धेरै पक्षमा सावधानी अप्नाउनु पर्ने खालको ग्रहगोचर देखिएको छ । मिथ्याऽपवाद, दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षति, दाम्पत्य कष्ट देखिएको छ भने परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने, पश्चाताप पर्नेजस्ता फलको सामना गराउन ग्रहगोचरले बल गरिरहेको छ ।

अप्रत्यासित परिणाम दिने गोचर भएकोले एकातर्फको ईच्छा चाहना तर अर्कोतर्फको उपलब्धि हुनसक्नेछ । विनामेहनतको आम्दानितर्फ चेष्टा बढ्नसक्ने सम्भावना समेत देखिएको छ, सोबाट बचेको बुद्धिमानी हुनेछ अन्यथा पछि पश्चाताप पर्नसक्ने छ । जन्मकालीन ग्रह अनुकूल हुनेहरूको लागि भने अपेक्षित कार्यमा अबरोध भएपनि अनपेक्षित रूपमा आकस्मिक लाभ एवं उपलब्धि हुनेछ । संघर्षको बाबजुत पदप्रतिष्ठा मिल्ने, राज्यलाभ एवं सफलता र विजय भइनेछ ।

मुग्लान पस्नु अथवा विदेशीनु कार्यलाई गोचरले बल दिइरहेकोले घर छाड्ने, टाढा जाने, तीर्थाटन एवं विदेश यात्रा, निस्काम समाजसेवा, हठयोग, ईश्वरप्रणिधान, पारमार्थिक साधना एवं वैराग अनुसरण, अध्यात्म चिन्तन मार्गमा समयको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । वातव्याधि, स्नायू तथा नशा रोग, ढाडकम्मर, शिर मस्तिष्क, उदरब्रण (अल्सर), उरःक्षत (क्षय), चोटपटक एवं प्रोष्टेड, वृक्कदोष अर्थात मिर्गौला सम्बन्धित रोग, यकृत शोथ तथा शोष अर्थात लिभर सम्बन्धी रोग, गर्भाशय, थायरायड, स्तन विकार आदि ग्रन्थीजनित रोगको खतरा छ । हृदयरोग, उच्चरक्तचाप, मधुमेह, दम जस्ता दीर्घरोगिहरू लगायत सम्बन्धित सबैले विशेषरूपमा ख्याल पुर्याई नै रहनुपर्ला ।

साढेसाती शनिलगायत ग्रहको दुष्प्रभावलाई कम गर्न शनिस्तोत्र पाठ, शनिमहाकाल, हनुमान, भैरव तथा छिन्नमस्ता देवी, माँ बगलामुखी, विद्यार्थीहरूले माँ सरस्वती आदिको दर्शन भक्ति एवं उपाशनाादि व्रत गर्नु विशेष हितकर हुनेछ ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)–

मकर राशिको लागि यो वर्षको मध्यसम्म केही पक्षमा अनुकूल देखिएको छ । र पनि विशेष सावधानी अप्नाउनु पर्ने अवस्थालाई पनि गोचरस्थितिले लक्षित गरिरहेको छ । व्यापार व्यवसाय, उद्यम, उत्पादन, कृषि आदिबाट लाभ गर्न सकिने छ । शिक्षा, रोजगार, देशविदेशको यात्रा आदिमा पनि सफलता प्राप्त गर्न सकिने छ । घरपरिवारमा विवाह व्रतबन्धादि माङ्गलिक कार्यको सु–अवरस मिल्नेछ । दाम्पत्य एवं प्रेम सम्बन्धमा सुधार आउने छ ।

एकातर्फ आसक्ति र अर्कोतर्फको उपलब्धि हुनसक्नेछ । विनामेहनतको आम्दानितर्फ चेष्टा बढ्नसक्ने सम्भावना समेत देखिएकोले सोबाट बचेको बुद्धिमानी हुनेछ अन्यथा पछि पश्चाताप पर्नसक्ने छ । जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूको लागि उथलपुथलजन्य स्थितिलाई गोचरले संकेत गरेको छ । मिथ्या अपवाद, चारित्रिक एवम् नैतिक आँच, अनपेक्षित मुद्धामामिला–वादविवाद, अन्यौलता, कपटप्रेमको फन्दा, धन–जन तथा भौतिक सम्पत्तिको क्षतिखति, चोरीहुने हराउने, दैविक विपत्ति, कूल–परिवारमा रोग, घाऊखटिरा–चोटपटक, वायु विकार–उदररोग, स्नायू आदि साध्यासाध्य स्वास्थ्य समस्याको सम्भावनालाई खगोलीय ग्रहस्थितिले संकेत गरेका छन् । भाद्र पछिका दिनमा अझै सावधानी अप्नाउनु पर्ने देखिन्छ ।

तर जन्म समयमा शनि आदि ग्रह अनुकूल अर्थात कारक रहनेको लागि भने प्रतिकूल फल कम घटित भइ आकस्मिक लाभ एवं राजमान तथा अधिकार पनि प्राप्ति हुनसक्ने छ । हनुमानवीर, शनिमहाकाल र भैरवदेवको स्तुति आराधना उपाशना गर्नु शान्तिप्रद हुनेछ । दीनदुःखी, गरीब, अनाथ, असाय एवं श्रमिक वर्गलाई सहयोग हुने काम गर्नु जसबाट ग्रहजनित दुष्प्रभाव कम हुनेछ ।


कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द) –

कुम्भ राशि हुनेहरूको लागि यो वर्ष मध्यम छ । कर्मक्षेत्रमा अप्रत्यक्ष रोकावट एवं आर्थिक मन्दिको सामना गर्नुपर्ने छ । तथापि दैनिक पेशा तथा व्यवसाय एवं ठिक्कको कार्यमा सफलता प्राप्त हुनेछ । न्यायिक विजय मिल्ने र कुलभित्र प्रतिष्ठा बढ्ने जस्ता कामहरू गर्नसकिने छ । व्यक्तिगतभन्दा सामाजिक एवं अर्काको कार्यमा समय दिनपर्ने छ । केही हद्सम्म सामाजिक प्रतिष्ठा आर्जन गर्नपनि सकिने छ ।

अल्लि विशेष महत्त्व दिएका कामकार्यहरूमा भने अबरोध सृजना हुनसक्ने देखिन्छ । कतिपय कामहरू अन्तिममा पुगेर अल्झिनसक्ने छन् । व्यापार–व्यवसायी तथा फार्मिङ्ग कृषक तथा उद्यमीलाई साख बचाउन धौधौ पर्नसक्ने छ । जसको ज्योतिषीय उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

जन्मकालीन ग्रह प्रतिकूल हुनेहरूलाई अध्ययनमा अबरोध देखिन्छ । तसर्थ ग्रहउपचारको साथमा विद्यार्थीहरूले अध्ययनमा विशेष जोड् गर्नु पर्ला । गृहस्थीहरूलाई सन्ततिकष्ट, सन्तानसँग अमेल आदिको सम्भावना प्रतित् भइरहेको छ । गर्भवती दम्पतिले विशेष ख्याल पुर्याउनु पर्ने देखिन्छ । पछि पर्दाफास हुने अवैधकार्य एवं कुधनको कुचेष्टा तर्फसमेत मन आकर्षित हुनसक्ने कुरालाई नकार्न सकिन्न । चोटपटक, घाऊखटिरा, पिलो, ग्रन्थी सुजन, पेटसँग सम्बन्धित रोग आदिले सताउन सक्नेछ ।

वर्षको मध्य उपरान्त ग्रहको स्थितिमा केही सुधार आउने र परेका समस्यामा कमि आउने तथा रोकिएर रहेका कामकार्यमा सफलता प्राप्त गर्न सकिने छ । विद्यार्थीलाई अध्ययनमा सफलता मिल्नेछ भने अन्यलाई पेशामा उन्नति भई लाभ मिल्नेछ । स्वास्थ्य लगायत सम्भावित अनिष्ट एवं ग्रहजनित दुष्प्रभाव तथा रोकावटलाई निवाराण गर्नको लागि भैरवदेव र माँ बगलामुखीको साथै विद्यार्थीले माँ सरस्वतीको स्तुतिध्यान एवम् श्रद्धाभक्ति व्रत आदि गर्नु हितकर हुने छ ।


मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची) –

यो वर्ष मीन राशिको लागि संघर्षकर देखिएको छ । उपलब्धि हातपार्न कठिन पर्ने देखिन्छ । बढी महत्त्व दिएको काममा हलो अड्कन सक्नेछ । आशा–अपेक्षा एवं आश्वासन प्रसस्त हुने तर पूरा हुन नदिने ग्रहगोचर रहेकोले कम भरोसा गरेको राम्रो होला । श्रमिक वर्गसँगको सहकार्य, झट्ट हेर्दा सफासुग्घर नदेखिने र खासै ईज्जतिलो नमानिएको तर लोक सेवा हुने एवम् सदाचारी कार्यमा भने संघर्षको वाबजुत पनि केही सफलता मिल्ने छ । भलै कठिनाइको बढी अनुभूति किन नहोस स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्ने छ । लामो छोटो यात्राको पनि सम्भावना देखिएको छ ।

जन्मकालीन ग्रह अनुकूल हुनेलाई आकस्मिक रूपमा नसोंचेको सफलता एवं लाभ मिल्नसक्ने छ । तर राज्य एवं सामाजिक र व्यवसायिक काममा अनपेक्षित लाभ भयो भन्दैमा मख्ख भने नपर्नु होला । अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरू आउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । अल्लि सावधानी पनि अप्नाउनु होला कुनियतको चक्रब्यूहमा पनि फसिनसक्ने सम्भावना छ ।

जन्मकालीन ग्रह प्रतिकूल पर्नेहरूलाई दैनिक कामकार्य तथा व्यवहार चलाउन पनि धौधौ पर्नसक्ने छ । पापकर्म एवम् कुधन आर्जनको चेष्टा नआउला भन्न सकिन्न । विशेष होसविचार तथा संयम नपनाए ईज्जत प्रतिष्ठामै धक्का लाग्नसक्ने छ ख्याल पुर्याउनु पर्ला । खाईपाई आएको सेवासुविधा तथा पदप्रतिष्ठा अर्थात भोगाधिकारबाट हात झिक्न पर्नसक्ने छ । घरपरिवार, दाम्पत्यसम्बन्ध, यात्रा, मित्रसम्बन्ध आदिमा असमझदारी बढ्ने, कष्ट पर्ने, टाढिनुपर्ने आदिलाई नकार्न सकिन्न । मान्यजन कष्ट, परिवारमा रोगव्याधि, शत्रुवृद्धि, पशुचौपाया तथा वाहनादिबाट खतिक्षति जस्ता विपरित फलको पनि लक्षण देखिन्छ ।

वर्षको अन्त्यतिर भने केही सहज महसूस हुनजाला । अड्किएर रहेका केही कामहरु बन्ने र राहतको अनुभूति गर्न पाइनेछ । यो वर्ष तपाईले वर्षभरी भैरव र हनुमानदेवको र वर्षको मध्यबाट माँ बगलामुखीको दर्शनभक्ति आराधना उपाशना गर्नु हितप्रद हुनेछ । संपूर्ण महानुभावहरूमा नयाँ वर्ष वि.सं.२०७६ सालको उत्तरोत्तर प्रगति, सुख समृति, यश ऐश्वर्य एवं सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना …..।

गुगलमाथि तेस्रो पटक जरिवाना साढे १ अर्ब युरो तिर्नु पर्ने



काठमाडौं / युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ ।

यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो ।

गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विज्ञापनबाट अर्बौँ डलर आय गरिरहेको छ र सन् २०१८ मा विज्ञापनमा यसको कर तिर्नुपूर्वको मुनाफा ३० अर्ब ७० करोड डलर पुगेको थियो । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

अप्रिल १ देखि जापान सरकारले नेपाली कामदार लैजाने तयारी



काठमाडौं / नेपाली कामदार लैजान जापान सरकारले सोमबार नेपालसँग सम्झौता गर्ने भएको छ । १ अप्रिलदेखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी (एमओसी)मा हस्ताक्षर हुने भएको हो ।

एमओसीमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र जापानका चार वटा अधिकारीले हस्ताक्षर गर्नेछन् । जापानी पक्षको हस्ताक्षरसहितको एमओसी नेपालस्थित जापानी दूतावासले श्रम सचिवसमक्ष पेस गर्ने कार्यक्रम छ ।

जापान स्वयंमका लागि विदेशी कामदार लैजाने विषय नयाँ भएकाले कतिपय विषयहरु प्राविधिक कमिटीको कार्यक्षेत्रमा राखेर एमओसी तयार पारिएको श्रम मन्त्रालयनिकट उच्च स्रोतले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

लगातार पैसा सकिने मात्र काम भैरहेको छ ? यी हुन् पैसा जान रोक्ने ५ उपाय !



यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक ,मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ । त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ ।त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने , र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

काठमाण्डौंमा भेटिए साग बेच्दै गरेको विदेशी, यस्तो छ उनको लक्ष्य (भिडियो सहित)

पछिल्लो समय नेपाली युवाहरु स्वदेश छाडेर विदेश जाने क्रम निकै बढ्दो छ । हुन त यसो गर्नु आ -आफ्नो बाध्यता पनि होला तर गरे नेपालमै के हुन्न र भन्ने उदारण हो आयरल्याण्डबाट आएका यी चर्ली बाबा । उनी विगत लामो समयदेखि नेपालमै कृषि पेशमा अबद्ध छन् । उनी हरेक शनिबार तरकारी बेच्न काठमाण्डौं आउँछन् र फेरी उही कर्मथलो काभ्रे फर्किन्छन् ।
उनी निकै सन्तुष्ट पनि छन् । हिजो आज उनी कृषिका विभिन्न कार्यहरुमा व्यस्त छन् । आखिर नेपालमा के सम्भावना देखेर अडेका छन् त ती चार्ली बाबा ? के छ उनको भावी योजना ? हेर्नुहोस् उनै बाबासँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

तरकारी खेतीबाट लाखौं आम्दामी, स्वदेशी माटोमा सुन फलाउंदै मोहनलाल...सुरुवात गर्दा देखी को पिडा ।।हेरौ पुरा।।



सुन्दरहरैंचा / मोरङ सुन्दरहरैंचा स्थित शुक्रवारेका कृषक मोहनलाल श्रेष्ठ विगत लामो समयदेखी व्यावसायिक कृर्षी पेशा अन्तर्गतको तरकारी खेतीमा सक्रीय हुंदै अहिले राम्रो आम्दामी गर्न सफल भएका छन । सिजन अनुसारको तरकारी खेतीमा ध्यान दिदै आएका मोहनलालको वारीमा अहिले रहरलाग्दो किसीमले लटरम्ब फलिरहेको उन्नत जातको टमटर देख्न सकिन्छ । केही आफ्नो र बांकी भाडाको जग्गामा सहकारीको ऋणबाट व्यावसायिक तरकारी खेती गदै आएका कृषक मोहनलालको वारीमा विशेष गरेर टमटर खेती संगै खोर्सानी,बन्दाकोपी लौका,फर्सी, हरियो धनिया तथा मौसम अनुकुलको तरकारीबाट लाखौैं आम्दामी गरि स्वदेशी माटोमा सुन फलाउंदै अरुलाई समेत कृषी पेशामा डोहोयाउने काम गरेका छन् । यसै पेशाबाट आफ्नो घर परिवार मिलेर आवश्यक सरसल्लाहका साथमा छोरा कृष्णकुमार श्रेष्ठको विशेष रेखदेखमा व्यावसायिक कृर्षी पेशा अपनाएका मोहनलालले तरकारी खेतीबाट सम्पुर्ण खर्च कटाएर वार्षिक ७ लाख भन्दा बढी आम्दामी गरि १५ कठ्ठा जग्गा समेत जोडन सफल भएको बताए ।

सामान्न किसान परिवार बाट उंदाएका मोहनलालले वि.स.२०५४ साल देखी निरन्तर व्यावसाय शुरु गरेर आफ्नै स्वदेशी भुमिमा कृर्षी पेशा अपनाएका हुन । करिव २ विगाह जग्गामा व्यावसायिक तरकारी खेती गदै आएका मोहनलालले अहिले यसै पेशा बाट राम्रो आम्दामी गरि जिविकापार्जन गदै आएका छन् । वर्ष दिनमा करिव १ हजार भन्दा बढी स्थानिय कामदारहरुलाई आफ्नै व्यावसायिक तरकारी खेतीमा रोजगारी समेत दिदै आएका मोहनलालले अन्य व्यापार व्यवसाय
भन्दा कृर्षी पेशा हाम्रो लागि आम्दामीको राम्रो स्रोत भएको बताए ।



व्यावसायिक तरकारी खेतीमा ध्यान दिदै उदाहरणिय कृषकका रुपमा आफ्नो राम्रो पहिचान समेत बनाउन सफल भएका कृषक मोहनलालले गाई फार्म समेत संचालन गरेका छन । उनले दैनिक २५ लि. दुध समेत विक्री गरि गोवरग्यास समेत संचालन गरी अर्गानिक तरकारी खेतीका लागि आफ्नो वारीमा गोवरमलको समेत राम्रो व्यवस्था गरेका छन् । व्यवसायमा अहिले सम्म खासै केही प्रोत्साहन नपाए पनि युवा लक्षित स्वरोजगार कार्यक्रम बाट ६० हजार रकम ३ बर्ष अघि तथा नपाबाट रु २० हजार सहयोग प्राप्त गर्न सफल भएको कृषक कृष्णकुमारले बताए ।

निकै रहरलाग्दो,फराकिलो जमिनमा आर्कषक किसीमले लाईन मिलाएर, डङ बनाएर औषधी उपचारमा विशेस ध्यान दिदै व्यावसायिक तरकारी खेती गदै आएका मोहनलालले विदेशी भुमीमा तातो घामपानी सहेर चर्को व्याजमा ऋण गरेर पराईको नजरमा नोकर भएर काम गर्न विदेश जानु भन्दा आफ्नै स्वदेशमा कृर्षी पेशा तथा अन्य केही काम गरेर अघि बढदा राम्रो हुने अनुभव सुनाए । सुन्दरहरैंचाको नमुना कृषकका रुपमा जागरका साथमा अघि बढेका मोहनलालले उत्पादन गरेको हजारौ हजार के.जी. टमाटर साथमा अन्य जातका तरकारीहरु राम्रो बजार भाउमा सिजन अनुकुल उत्तरी मोरङ लगायत विभिन्न मुख्य बजारहरुमा बिक्री वितरण हुने गरेको सुन्दरहरैंचा नपाका नगरप्रमुख शिवप्रसाद ढकालले बताए । नगर प्रमुख ढकालले यस नगरमा कृषी पेशालाई निरन्तरता दिएर अघि बढेन चाहाने तथा कृषी पेशा अपनाएर स्वदेशमा केही राम्रो काम गरेर अर्थेपार्जन गरि स्वदेशमै रमाउने मेहेनती कृषकहरुको हितको लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोगको व्यवस्था गरि हौसला समेत प्रदान गरिने जानकारी दिए ।



केही कामदारहरुका साथमा कृर्षी पेशा संगै चल्तीको किराना पसल समेत संचालन गदै आएका मोहनलाल स्थानिय स्तरमा उंदाएका कृषक तथा सामाजिक काममा समेत अगुवा व्यातित्वका रुपमा परिचित छन् । नपा तथा वडा कार्यलयले स्थानिय निकायको कृर्षी पेशालाई प्रोत्साहनका साथ ध्यान दिन जरुरी रहेको हुंदा विशेस गरेर सरकारले केही राम्रो काम गर्न चाहाने कृषकहरुको लागि सस्तो व्याजदरमा ऋणपानको व्यवस्था गरि बेमौसमे तरकारी खेतीको लागि निःशुक्क रुपमा टर्नेलको व्यवस्था गरेर कृषकहरुको आत्माबल बढाउने खालको कार्यक्रम संचालन गर्नु पर्ने मोहनलालको भनाई छ ।



तरकारीको बजार अवस्थाको बारेमा बुज्दा मोहनलालले तरकारीको अति राम्रो बजार भाउ भएकोले पनि आफुलाई यो व्यवसाय गर्न सहज भएकाले कृषी पेशालाई निरन्तरता दिदै व्यवसायलाई अमmै ध्यान दिएर यसको विकास र बृद्धी गरि अमmै अघि बढ्ने सोच भएको उल्लेख गरे । कहिलेकाही घामपानी नमिल्दा तरकारी खेतीमा घाटा समेत हुने भएकोले एक पटक भएको घाटाबाट निराश हुनु हुंदैन, घाटानाफा व्यापार व्यवसाय संगै जोडिएको विषय भएको मोहनलालले अनुभव छ । व्यवसायिक कृर्षी पेशा तथा तरकारी खेतीको लागि केही समस्या समेत रहेको बताउंने मोहनलालले सबै कुरा बुमmेर मेहनतका साथमा अघि बढ्दा राम्रो फाईदा हुने उनको अनुभव छ ।

नेपालमै भेटिए ११६ बर्षिय हजूरआमा, यस्तो छ लामो समय बाँच्नुको भित्री रहस्य (भिडियो सहित)

एउटा औषत मानव जात्तिको आयु कत्ति होला ? ७०, ८० वा १०० बर्ष । यो देख्दै आएको कुरो नै भयो तर विश्वमा १०० भन्दा माथि उमेर बाँच्ने भाग्यमानी मानिसहरु निकै विरलै छन् । आज हामी चर्चा गर्दै छौ, नुवाकोट थानसिङकी ११६ बर्षिय आमा बाटुली लामिछाने बारे । शायद उनी संसारकै जेष्ठ जिवित नागरिक उमेर समुह अन्तर्गत गिनिज बुक रेकर्डमा नाम दर्ता गर्न सफल हुनुपर्ने हो तर विडम्बना उनी गाँऊघरमै गुमनाम छिन् । कुनै ठोस पहल पनि हुन सकेको छैन । सरकारी तवरबाट पनि खासै चासो छैन । उनै बुढी आमाको यो एक शताब्दीभन्दा लामो समयको यात्रा कस्तो रह्यो, कस्तो जिवन जिउँदैछिन् त अहिले उनी ? प्रस्तुत छ, यसैबारेमा ती आमाकै घरमा पुगेर तयार पारिएको यो भिडियो…